राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान १९ खर्ब ८१ अर्ब, अन्य प्रदेशको कति ?

काठमाडौं, २ जेठ । राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान १९ खर्ब ८१ अर्ब रहने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसारले मंगलवार चालू आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये वाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब (१६ प्रतिशत), लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब (१४.२ प्रतिशत), मधेस प्रदेशको ७ खर्ब ७ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब (९ प्रतिशत ) र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने अनुमान छ ।

सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा २ खर्ब २१ अर्ब रुपैयाँ रहने कार्यालयको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here