गण्डकीको आर्थिक वृद्धिदर उच्च, प्रतिव्यक्ति आयमा मधेसभन्दा बागमती तीन गुणबढी

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ मंगलवार सार्वजनिक गरेको जीडीपीमा गण्डकी प्रदेशको उच्च आर्थिक वृद्धिदर कायम हुने अनुमान गरेको छ।

गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ। बागमतीको हिस्सा ३६.८ प्रतिशत रहेको छ। बागमतीको वृद्धिदर भने १.४४ प्रतिशत हुने कार्यालयको अनुमान छ।

गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा बागमतीको करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ भने सबैभन्दा कम ४.१ को योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा २ खर्ब २१ अर्ब हुने कार्यालयले अनुमान गरिएको छ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब र ८ खर्ब ४९ अर्ब हुने अनुमान छ। कोशीको आर्थिक वृद्धिदर २.० प्रतिशत मात्र कायम रहने अनुमान कार्यालयले गरेको छ।

त्यस्तै मधेस प्रदेशको जीडीपी ७ खर्ब ७ अर्ब र १.६९ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान कार्यालयले गरेको छ। लुम्बिनी प्रदेशक‍ो जीडीपी ७ खर्ब ६२ अर्ब र २.०६ प्रितशतको वृद्धिदर कायम हुने अनुमान गरिएको छ।

कर्णाली प्रदेशको जीडीपीको आकार सबैभन्दा सानो अर्थात् २ खर्ब २१ अर्बमात्र हुने अनुमान गरिएको छ। चालु वर्षमा कर्णालीको आर्थिक वृद्धिदर १.९९ प्रतिशत हुने अनुमान रहेको छ।

सुदुरपश्चिम प्रदेशको जीडीपी ३ खर्ब ७६ अर्ब र वृद्धिदर १.७८ प्रतिशत हुने अनुमान छ। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष देखिएको वृद्धि दर निकै कम हो । कोशी प्रदेशमा आव २०७७/०७८ मा ५.० र आव २०७८/०७९ मा ५.५ को कुल गार्हस्थ उत्पादनको वृद्धि दर रहेको थियो ।

त्यस्तै, मधेश प्रदेशमा आव २०७७/०७८ मा ४.५ र आव २०७८/०७९ ४.६ प्रतिशत, बागमती प्रदेशमा आव २०७७/०७८ मा ५.१ र आव २०७८/०७९मा ६.३ प्रतिशत, गण्डकी प्रदेशमा आव २०७७/०७९ मा ४.२ र आव २०७८/०७९ मा ६.४ प्रतिशत रहेको थियो ।

गण्डकी प्रदेशमा आव २०७७/०७८ मा ४.२ र आव २०७८/०७९ मा ६.४ प्रतिशत, लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा ४.७ र आव २०७८/०७९ मा ५.०, कर्णाली प्रदेशमा आव २०७७/०७८ मा ५.० र आव २०७८/०७९ मा ५.३ र सुदुरपश्चिम प्रदेशमा आव २०७७/०७८ मा ४.८ र आव २०७८/०७९ मा ४.८ प्रतिशतको कुल गार्हस्थ उत्पादनको वृद्धि दर देखिएको थियो ।

सबैभन्दा धेरै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा बागमतीको मधेस प्रदेशको आम्दानी तीन गुणा न्यून रहेको छ। तथ्यांकअनुसार बागमतीमा प्रतिव्यक्ति उत्पादन २ हजार ४ सय ५५ अमेरिकी डलर छ भने मधेस प्रदेशको ८ सय ७५ डलर रहेको छ। त्यस्तै कर्णाली प्रदेशको प्रतिव्यक्ति उत्पादन ९ सय ९७ डलर छ।

गण्डकीको १ हजार ४ सय ९२ , लुम्बिनीको १ हजार १ सय २६, सूदूर पश्चिमको १ हजार ६३ कोशी प्रदेशको १ हजार २ सय ९९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here