डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

डिजेलको मूल्य घटेपछि खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ। मटीतेल पनि १ सय ५५ रुपैयाँ पर्नेछ। पेट्रोलको मूल्य यथावत् राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here