बाबुराम भट्टराईले भने- ‘रेशम चौधरी क्रान्तिकारी हुन्’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डमा दोषी ठहरिएपछि जन्मकैद काटिरहेका रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका छन् ।

बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।

‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानुन, नजिर, सोँच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच र मान्यता र विधि स्थापित गर्न खोज्छन्’, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार बिहान ट्विट गरेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम ।’

टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

सोबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजिर, सोँच राखेर अपराधको परिभाषा गर्ने र सोहीअनुसार अपराधी मानिएकालाई दण्ड सुनाउने बताउँदै इतिहासमा यस्ता अन्तरविरोध चलिरहने उल्लेख गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here