ओलीले भने– ‘मदन भण्डारीको हत्याबारे समयमा खोजी हुनेछ, सत्यतथ्य बाहिर ल्याउँछौँ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याबारे सत्यतथ्य बाहिर आउने बताएका छन् । बुधबार मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एक अन्तवार्तामा उमेश गिरीले त्यसबारे केही तथ्य बोलेकाले मदन भण्डारीको हत्याबारे खोजी हुने बताए ।

‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर,’ ओलीले भने, ‘यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

२०५० जेठ ३ गते चितवनको दासढुंगामा तत्कालिन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । उक्त घटनाको अहिलेसम्म रहस्यमै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here