११०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ ।

मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here