साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एकै समूहमा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक गरेको छ ।

आयोजक भारतसमेत रहेको समूह ‘ए’ मा नेपाल परेको छ । भारत र नेपालसँगै यो समूहमा कुवेत र पाकिस्तान परेका छन् ।

माल्दिभ्समा भएको गत संस्करणको भारत विजेता टोली हो भने नेपाल उपविजेता टोली हो । फाइनलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको थियो ।

समूह ‘बी’ मा बंगलादेश, माल्दिभ्स, भुटान र लेबनान परेका छन् । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलोरमा हुनेछ ।

१४ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना गर्ने जिम्मा पाएको बंगलादेश नसक्ने भएपछि भारतमा हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here