काठमाडौंको शेषमति खोलामा बस खस्यो

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ को मोटरसाइकल दुर्घटनामा परेको छ ।

यात्रुबाहक बस अनियन्त्रित भई खोलामा खस्दा १० जना घाइते भएका छन् । प्रहरीको अनुसार घाइते मध्ये ६ जनाको पिपल्स अस्पताल नयाँ बजार र बाँकीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here