लयमा फर्कियो शेयर बजार, नेप्से दोहोरो अंकले बढ्दा कारोबारमा पनि सुधार

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ ।

साताको कारोबार चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६६ कम्पनीको ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवारको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । त्यसदिन ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच भएको थियो ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इष्टन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, माई खोला हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here