विश्व बैंकले सिद्धार्थ बैंकलाई सवा सात अर्ब ऋण दिने

काठमाडौं । सिद्धार्थ बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट ५ करोड ५० लाख डलर (सवा सात अर्ब) बराबरको ऋण सुविधा प्राप्त गरेको छ ।

विश्व बैंक समूह अन्तरगतको आइएफसीले नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्त पोषणमा लगानी गर्ने गरी सिद्धार्थसँग सम्झौता गरेको हो ।

यसअघि कुनै पनि बैंकलाई यति धेरै ऋण रकम दिइएको थिइन । आइएफसीबाट ठूलो ऋण सुविधा पाउने सिद्धार्थ पहिलो नेपाली बैंक हो ।

बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषि जस्ता परियोजनामा लगानी गर्नै जनाएको छ ।

डिजिटल फर्स्ट अभ्यास अपनाउँदै सिद्धार्थ बैंकले दिगो विकासलाई प्राथमिकतामा राखेर आफ्नो व्यापार रणनीति बनाउँदै आएको छ ।

वातावरणमैत्री, समाज केन्द्रित तथा सुशासनका पक्षहरूलाई ध्यानमा राखी आउने पुस्ताका लागि दिगो प्रभाव सिर्जना गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ । बैंक आइएफसीको १० औँ ग्लोबल ट्रेड अवार्डमा वेस्ट अपरेशन बैंक इन साउथ एसिया २०२१ बाट सम्मानित समेत भएको थियो ।

२ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति रहेको बैंकसँग २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पूँजी रहेको छ ।

बैंकको १९५ शाखा, २२३ एटीएम र १७४४ पीओएस् रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here