त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । काठमाडौं मुसलधारे वर्षा भएपछि उपत्यका बाहिरबाट काठमाडौंका लागि उडान गरेका विमानहरु धमाधम ‘डाइभर्ट’ भएका छन्।

साँझ ४:०० बजे यता विराटनगर र राजविराजबाट उडान गरेको बुद्ध एयरका दुईवटा जहाज जनकपुर ‘डाइभर्ट’ गराइएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजले ‘ओभरसुट’ गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here