संसदमा आज प्रश्नोत्तर, प्रधानमन्त्रीलाई प्रश्नै-प्रश्न गर्ने एमाले र रास्वपाको तयारी

फाइलफोटो

काठमाडौं । प्रतिनिधिसभाको विहीबारको बैठकमा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर कार्यक्रम रहेको छ ।

बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु हुनेछ । प्रतिनिधिसभाको नयाँ नियम अनुसार प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिनुपर्छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारसँग रुष्ट भएको नेकपा एमालेले आज प्रश्नमाथि प्रश्न गर्ने योजना बनाएको छ । सकभर प्रधानमन्त्रीलाई जवाफ दिन अफ्ठेरो पर्नेगरी प्रश्नको तयारी गर्न एमालेले सांसदहरुलाई सर्कुलर गरेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्न आतुर छन् । रास्वपाका सांसदले यसअघिका पटक पटकका वैठकमा प्रधानमन्त्रीको जवाफ मागिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here