इभान टोनीलाई ८ महिना खेल प्रतिबन्ध, ५० हजार पाउन्ड जरिवाना

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन् । फुटबल एसोसिएसनको बेटिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।

उनलाई ५० हजार पाउन्ड जरिवाना गरिनुका साथै भविष्यमा यस्तो कार्य नदोहोर्‍याउन चेतावनी पनि दिइएको छ । सन् २०१७ फेब्रुअरी २५ देखि २०२१ जनवरी २३ सम्मको अवधिमा टोनीले नियम तोडेको उल्लेख गरिएको छ । टोनीले २०२४ जनवरी १७ अघि कुनैपनि खेल खेल्न पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here