बक्यौता बुझाउन कोषले दियो तीन दिनको समय, नत्र सम्पत्ति जफत गर्ने चेतावनी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पसल, कबल, पार्किङ लगायतले बुझाउनु पर्ने बक्यौताका लागि तीन दिनको समय दिएको छ । सो अवधिमा समेत बक्यौता नबुझाए सरकारी बाँकी सरह असुल उपर गरिने कोषले जनाएको छ ।

३ दिनभित्र बक्यौता नबुझाए कालोसूचीमा राखेर चल-अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको छ।

भण्डारखाल, अमालकोट कचहरी, लामपोखरी चावहिल, सुमार्गी भवन क्षेत्रका पसल कवलहरूले बक्यौता तिरेका छैनन्। त्यस्तै भण्डारखाल, उमाकुण्ड र वनकालीस्थित बी ११ मा रहेका पार्किङ व्यवस्थापकले सम्झौता अनुसार रकम नतिरेको कोषले जनाएको छ।

कोषले यसअघि सूचना जारी गरेको थियो। तर अझै पनि केहीले बक्यौता नतिरेपछि ३ दिनभित्र कोषको आय लेखा व्यवस्थापन शाखामा रकम बुझाउन चेतावनीसहित सूचना जारी गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here