प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था थियो ।

तर, नियम निलम्बन गरेर २० जना सांसदलाई प्रश्न सोध्न मिल्ने बनाइएको हो।

नियम निलम्बनका लागि नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्ताव राखेका थिए । लेखकको प्रस्तावलाई नेकपा (एमाले)का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले समर्थन जनाएका छन् । नियमावली आज एक दिनका लागि मात्र निलम्बन गरिएको हो ।

लेखकले राखेको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको सर्वसम्मतिबाट पारित भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here