दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३२.३० अंकले बढेर १८७७. ३२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहिवार २६४ कम्पनीको १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँ बराबरको ४४ लाख २२ हजार १८६ कित्ता शेयर किनबेच भएका छन् ।

बुधवार तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । त्यसदिन ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालय उर्जा विकास कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, शिव श्री हाइड्रोपावरको ८.१४, गणपति लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ७ करोड र एनआइसी एशिया बैंक पौने ७ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here