वैवाहिक जीवन संकटमा रहेको चर्चाबीच एकसाथ देखिए निशा र शरद

काठमाडौं । क्रिकेटर शरद भेष्वाकरसँगको पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी अभिनेत्री निशा अधिकारीको वैवाहिक जीवन संकटमा रहेको चर्चाबीच दुवै छोराको जन्मदिनमा एकसाथ देखिएका छन् ।

निशाले बिहीबार सामाजिक सञ्जालमा छोरा युभानको ५औं वर्षको जन्मदिन सेलिब्रेसनका केही तस्विरहरु सेयर गरेकी छन्, जसमध्ये एउटामा उनी श्रीमान् र छोराको साथमा देखिएकी छन् । तस्विरमा दुवै हर्षित देखिन्छन् ।

छोराकोलागि आफूहरु सधैं एक ठाउँमा उभिने संकेत स्वरुप निशाले उक्त तस्विर सेयर गरेको हुनसक्ने आंकलन तथा मिलनको संकेत पनि यो तस्विरले गर्छ । निशा र शरदको सम्बन्ध विग्रिएको चर्चाले बेचैन बनेका प्रशंसकहरुलाई उनीहरु छोराको जन्मदिनमा एकसाथ देखिएको तस्विरले खुसी दिलाएको छ ।

निशाले डिभोर्स नगरी नै शरदविरुद्ध अंशबन्डाको मुद्धा हालेकी थिइन् । निशाले आफू र छोरालाई अंशभाग लगाउनुपर्ने माग गर्दै हालेको मुद्धामा अदालतले भेष्वाकरको सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको थियो ।

यस विषयलाई लिएर टिकाटिप्पणीहरु हुन थालेपछि निशाले फेसबुकमार्फत् यो आफूहरुको व्यक्तिगत मामला रहेको बताउँदै अत्यन्त परिपक्वताका साथ राम्रो तरिकाले काम गरिरहेको प्रष्टीकरण दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here