‘पशुपति प्रसाद २: भष्मे डन’ लाई ‘इन्ड-क्ल्याप’

काठमाडौं । निर्देशक दिपेन्द्र के खनाल खनालले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको जानकारी दिएका छ।

उनका अनुसार २ महिनामा फिल्मको छायांकन सकिएको हो। खनाल र अभिनेता विपिन कार्कीले अन्तिम दिनमा क्ल्याप बोर्ड हातमा लिएर इन्ड-कल्याप भएको घोषणा गरे ।

फिल्ममा कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ। फिल्मलाई आगामी दशैं फूलपातीमा नेपालसहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here