पोलियोविरुद्धको खोप तालिका परिवर्तन, अब १४ हप्ता र ९ महिनामा मात्रा लगाइने

काठमाडौं । सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष उमेर भित्रका बालबालिकाका लागि ६ र १४ हप्तामा दुई मात्रा खोप लगाउने गरिएकोमा अब १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा लगाइनेछ ।

एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा पाँच वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाका लागि आठ हप्ताको फरकमा दुई मात्रा खोप लगाइन्थ्यो । अब भने १६ हप्ता (चार महिना) को फरकमा दुई मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ ।

खोप सुरक्षित भएकाले परिवर्तित नियमित खोप तालिका अनुसार आफ्ना बालबालिकालाई खोप लगाई आफ्ना बालबालिकालाई पोलिया रोग लाग्नबाट बचाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयलका अनुसार खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । सरकारले २०७५ साल साउनदेखि बालबालिकाहरूलाई पोलियोविरुद्धको खोप दिन थालेको हो ।

परिवर्तित नियमित खोप तालिकाअनुसार आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here