लडाकु शिविरबारे एमालेको आरोप-‘खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ ?’

काठमाडौं । नेकपा एमालेले माओवादीको लडाकु शिविरमा घोटाला भएको दाबी गरेको छ। बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा घोटाला भएको पुष्टि भए जेल जान तयार रहेको बताएपछि एमालेले यस्तो दाबी गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलेल सामाजिक सञ्जालमा लडाकु शिविरबारे लेखेका छन्, ‘लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२-३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ।’

वास्तविक लडाकु ७-८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले वोल्ने गरेको उल्लेख गरेका छन्।

‘शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो’ उनले भनेका छन्, ‘अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।’

यी सवै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा नभएको उनको ठम्याइ छ।

उनले भनेका छन्, ‘तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो ।’

उनले खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ? भन्दै प्रश्न गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here