सिटी होटलको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सिटी होटल लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ३५ हजार ५९४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ९ लाख ५२ हजार ८१ जनाकाे हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल १० लाख ९२ हजार ६६७ जनाले आवेदन दिएका थिए । तीमध्ये ४ हजार ९९२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको १३ लाख ५५ हजार ९४० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here