५ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदी भने स्थिर

फाइलफोटो

काठमाडौं । बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ ।

शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने दुई दिनदेखि प्रतितोला १३ सय ७० रुपैयाँमा स्थिर छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here