मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। आज नै राष्ट्रपति रामन्द्र पौडेलले संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन्।

यसले तय गरेको नीति अनुसार बजेट कार्यक्रम समावेश गर्ने छ। आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रालयले तयार गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारको बजेट कार्यक्रम अर्थमन्त्रीबाट सार्वजनिक हुने छ।

आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here