करोड क्लबमा हरिवंशको ‘काउली’

काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यको पछिल्लो गीत ‘काउली’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ ।

दुई महिनाअघि सार्वजनिक गीतको भिडियोले एक करोडभन्दा बढी भ्युज प्राप्त भ्युज पाएको हो । हरिवंशकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै लोकगायिका शान्तिश्री परियारको स्वर छ ।

भिडियोमा हरिवंशसँगै प्रकाश सपूत, प्रियंका कार्कीको अभिनय छ । हरिवंशले गत वर्ष ल्याएका गीतहरु कर्कलो कोक्याउला र कोदोको रोटीले भने पछिल्लो गीतजस्तो बढी भ्युज प्राप्त गर्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here