रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सायोमी नेपालले आफ्नो नयाँ वायरलेस ऐरबड्स – रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लन्च गरेको छ ।

४ जोरदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभ सहित आउने रेड्मी ऐरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि रहेको कम्पनीको भनाइ छ ।

डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस ऐरबड्सले तपाईंलाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ ।

रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ, जसले एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्दछ । चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ ।

यस्तै एआई नोइज क्यान्सिलेसनका साथसाथै संगीत र कलको लागि टच कन्ट्रोलहरू जडित र रेडमी बड्स ४ लाइटमा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ ।

रेडमी बड्स ४ लाईटले सिंगल चार्जमा ५ घण्टासम्मको प्लेब्याक प्रदान गर्दछ । यस्तै चार्जिङ केसले थप २० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

रेडमी बड्स ४ को मूल्य रु. ६,९९९ रहेको छ भने रेडमी बड्स ४ लाइटको मूल्य ३,४९९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here