रिभरसङको नयाँ इयरबड ‘एयरफ्लाई एल ३’ नेपाली बजारमा

काठमाडौ । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हासिल गर्न सफल ब्राण्ड रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ ।

मोबाईल एक्सेसोरिज् तथा वेयरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीकोरुपमा स्थापित भएको केमियो इन्टरनेशनल प्रा. लि.ले आफ्नो रिभरसङको नयाँ एयरफ्ल्ई एल ३ नामक ईयरबड ल्याएको छ ।

यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ले तपाँईलाई प्रत्येक साउण्डमा उत्साहित बनाउनेछ । एयरफ्लाई एल ३ को साथमा प्रत्येक बीटको उत्कृष्ट रूपमा आनन्द लिनुहोस् जुन भित्री चार्जर र आक्रामक मूल्यको साथ अद्वितीय डिजाइनको साथ आउँछ। यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुबिधा रहेको छ ।

यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ जसले तपाईँको कमाण्डको आधारमा मनपर्ने कार्य गर्न सकिन्छ । ब्लुटुथः ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुनसक्दछ।

एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ । जसले ५ घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ । टाइप–सी चार्जिङ इन्टरफेस भएको यो ईयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो। जसमा १ वर्षको वारेन्टी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here