भारतले गर्यो २ हजारका नोट नचलाउने निर्णय, नेपाली बजार पनि प्रभावित हुने

एजेन्सी । भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँको नोट नचलाउने निर्णय गरेको छ। शुक्रबार सूचना जारी गर्दै २ हजारका नोट अवैध भने नहुने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकमा जम्मा गर्न सकिने बताएको छ।

बैंकले २ हजारका नोट आफ्नो बैंक खातामा जम्मा गर्न वा बैंकको कुनै पनि शाखामा गएर साट्न सकिने जनाएको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो। नेपालमा ५ सय, एक हजार र दुई हजार भारु नोट प्रतिबन्ध छ । अर्थात् नेपालमा दुई हजार भारु नोट चल्दैनन् ।

तर, अनौपचारिक बजारमा अर्थात् गैर कानुनी रुपमा भारु नोट चलनचल्तीमा छन् । यसले नेपाली बजार पनि प्रभावित हुने देखिएको छ । सन् २०१६ मा भारतले १ हजार ५ सयका नोट प्रतिबन्ध लगाउँदा नेपालाई ठूलो असर परेको थियो ।

(नोटः यसअघि समाचारको शीर्षकमा भारतले लगायो २ हजारको नोटमा प्रतिवन्ध भएकोमा सच्याइएको छ । – सम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here