काठमाडौं । नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा पुगेको छ।
शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि इस्टर्न स्पोर्टिङ युनियनलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै गोकुलम उपाधिनजिक पुगेको हो।
गोकुलम केरलाले अब उपाधिका लागि नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीसँग खेल्नेछ ।























