भ्वाइस किड्स सिजन- २ को उपाधि स्पन्दन सुब्बालाई

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधिपनि टिम प्रमोद खरेलका स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन् ।

योसँगै टिम प्रमोदले लगातार भ्वाइस किड्सको उपाधि पाएको योे दोस्रो पटक हो । भ्वाइस किड्स सिजन-१ को उपाधि पनि टिम प्रमोदकै जेनिश उप्रेतीले पाएका थिए ।

फिनालेमा चार जना कोचका आठ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । सोमध्ये धेरै भोट ल्याएर सुब्बाले सिजन किड्स २ को उपाधि पाएका हुन् ।

सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

यस संस्करणमा कोचका रुपमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here