प्लेअफको होडबाट बाहिरियो पञ्जाब

काठमाडौं । पञ्जाब किंग्स आईपीएलमा जारी सिजन प्लेअफको होडबाट बाहिरिने तेस्रो टोली बनेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको पराजय ब्यहोरेसँगै पञ्जाब प्लेअफको होडबाट बाहिरिएको हो।

यसअघि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद पनि बाहिरिसकेका छन् भने गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ।
हिमान्चल प्रदेश क्रिकेट संघको स्टेडियममा भएको खेलमा पाहुना टोली राजस्थानले टस जितेर घरेलु टोली पञ्जावलाई ब्याटिङको निम्तो दिएको थियो । पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८७ रन बनायो ।

सुरुवाती ब्याटर नचलेपनि मध्यक्रमका खेलाडीले पारी उकासेका थिए । साम करनले ४९ रन बनाए । जितेश शर्माले ४४ तथा साहरुख खानले ४१ रन थपे । नवदिप साइनीले तीन विकेट हात पारे ।

जवाफमा राजस्थानले दुई बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर यसस्भी जैसवाल र देव दत्त पाडिकलले अर्धशतकीय पारी खेले । जैसवालले ३६ बलमा ५० रन बनाए । पाडिकलले ३० बलमा ५० रन जोडे । सिम्रन हेटमायरले ४६ रन जोडे । अन्तिम ओभरमा राजेस्थानलाई ९ रन चाहिएको थियो । धु्रव जुरेलले चौथो बलमा छक्का हिर्काउँदै लक्ष्य पूरा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here