प्रिमियर लिग च्याम्पियनमा म्यानचेस्टर सिटीको ह्याट्रिक

काठमाडौं । म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ। उपाधि होडमा रहेको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि म्यानचेस्टर सिटी ३ खेल अगावै प्रिमियर लिगको च्याम्पियन बनेको हो।

शनिबार राति भएको खेलामा नटिङहमका लागि ताइवो अवोनियीले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १९औं मिनेटमा गोल गरेका थिए।

सिटी ३५ खेलबाट ८५ अंक जोडेर शीर्ष स्थानमा छ। आर्सनल भने ३७ खेलबाट ८१ अंक जोडेर दोस्रो स्थानमा छ।

जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिटीले तीन खेलअगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ।

लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ। युनाइटेडले १९९८/२००१ र २००६/२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here