प्रतिनिधिसभा बैठक बस्दै, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

फाइलफोटो

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, बानेश्वरमा आज बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आ.ब. २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज विरोधसमेत जनाउने छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here