एआइ टुलबाट केही सेकेण्डमै आफूले चाहेजस्तो तोडमोड गर्न सकिन्छ फोटो

काठमाडौं । एआईले अब फोटो एडिट सम्बन्धी सीप नभएकाहरुलाई पनि सहजै बनाउने भएको छ । हालै सार्वजनिक एक रिसर्च पेपरले फोटो एडिटिङका लागि एआई टुलको प्रयोगबारे डेमो सार्वजनिक गरेको छ ।

जसको सहायताले फोटोलाई साधारण प्रयोगकर्ताले पनि आफूले चाहेजस्तै तोडमोड गरी एडिट गर्न सकिने बताइएको छ ।

यसको सबैभन्दा आकर्षक कुरा के भने प्रयोगकर्ताले फोटो वा चित्रको स्वरुपलाई नै परिवर्तन गर्न सक्छन् । यसले चित्रको दिशा मात्र परिवर्तन गर्ने होइन तपाँईले थाहै नपाउने गरी स्वरुप परिवर्तन गर्न सक्छ । त्यस्तै थ्ररुीडी मोडलमा रोटेट गर्न सकिन्छ ।

उदाहरणको लागि तपाँईले बसिरहेको बिरालोको फोटो लिनु भएको छ भने त्यसलाई सुतेको बनाउन वा अर्को दिशातिर फर्काउन समेत सक्नु हुन्छ ।

सम्पादन गरेको थाहा नहुने गरी आँखा चिम्लििएको बनाउन सकिन्छ । त्यस्तै तपाँईले लगाएको लुगालाई छोटो वा लामो बनाउन, तपाँईको हातको पोज परिवर्तन गर्न समेत सकिन्छ ।
फोटो एडिटका लागी धेरै सीप नभएकाहरुले पनि सजिलै बनाउन सक्छन् ।

ड्रयागन नामको यो नामको यो मोडेल परम्परागत इमेज वार्पिङ जस्तै हो । वेबसाइटले केही भिडिओ सार्वजनिक गरेको छ, जसमा फोटोलाई केही क्लिक गरेकै भरमा परिवर्तन भएको देख्न सकिन्छ ।

ड्रयाग जीएन नामक एआई टुलबाट एडिट गर्न सकिनेछ यो एप पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन । डेमोका रूपमा भिडिओ सार्वजनिक भएको यस टुललाई सर्वसाधारणले कहिले प्रयोग गर्छन् भन्नेबारे केही खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here