‘नीति तथा कार्यक्रमको वास्तविकता नै ढाँट्ने प्रयत्न’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य नभएको र गन्तव्य पनि नभेटिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रमले वास्तविकता नै ढाँट्ने प्रयत्न गरेको बताए । सरकारले नीति तथा कार्यक्रममा पूर्ण रुपमा चुकेको भन्दै उनले कुनै आधार नै नभएको बताए।

ओलीले मुलुक आर्थिक मन्दीको चपेटामा परेको अवस्थालाई सुधार गर्न नीति तथा कार्यक्रममा कुनै योजना नभएको बताए । उनले वर्तमान सरकारको नीति नै ‘नीति शून्य नीति’ रहेको बताए।

‘उद्धेश्य छैन। कहाँ पुग्ने गन्तव्य छैन । कसरी जाने भन्ने मार्गचित्र छैन,’ ओलीले भने, ‘सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो।’

‘हामी जनप्रतिनिधिमार्फत नेपाली जनतासमक्ष नेपाल र जनताको हितका लागि सरकारले गर्ने सर्वाधिक महत्वका उल्लेखनीय कार्यको घोषणा यस दस्तावेजमा समेटिएको हुनुपर्छ,’ ओलीले भने, ‘सरकारले यस अवधिमा मुख्य रुपमा के काम गर्यो।

कसरी गर्छ? के उपलब्धी हासिल गर्छ? आम जनताको जीवनस्तरमा कस्तो असर पर्छ? नीति कार्यक्रमले कस्तो योगदान पुर्याउँछ? यस्ता कुराहरुको संकल्प गरिएको हुन्छ र हुनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here