पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं । उच्च अदालत पाटनले बूढानीलकण्ठको ‘हिट एन्ड रन’ मुद्दामा चालक पृथ्वी मल्ललाई चार वर्ष कैद र ४० हजार जरिवाना गरेको छ।

आइतबार न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उक्त फैसला गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ६ महिना कैद र १० हजार जरिबानाको फैसला सुनाएको थियो ।

२०७६ मंसिर २७ गते बुढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here