गोकुलम केरला बन्यो च्याम्पियन,सावित्राको उत्कृष्ट प्रदर्शन

काठमाडौं । भारतीय महिला क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता इन्डियन वुमन्स लिग (आईडब्लुएल) २०२३ को उपाधि नेपाली खेलाडी सावित्रा भण्डारी आवद्ध गोकुलम एफसीले जितेको छ ।

फाइनलमा गोकुलमले किक स्टार्ट एफसीलाई ५–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको पाचौं मिनेटमा नै सावित्रा भण्डारीले गोल गर्दै डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै गोकुलमलाई अग्रता दिलाएकी थिइन् ।

गोकुलम केरेला फुटबल क्लब च्याम्पियन बन्दा साबित्राले ५ ह्याट्रिक र ३० गोल गरिन् । सर्वाधिक गोलकर्ता बनेकी साबित्राले भारु एक लाख प्राप्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here