तामाकोशी पाँचौंका लागि २१ अर्ब लगानी लाग्ने, ३५ प्रतिशत स्वपूँजी

काठमाडौं । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।

नेपाल विद्युत् प्राधिकरण, तामाकोशी कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको हो । ९९ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कोषले १३ अर्ब ७४ करोड लगानी गर्न लागेको हो ।

आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रीपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गरे।

तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ। जुन निर्माण अवधिको ब्याजसहित हो। नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपूँजी (इक्वटी) रहने छ।

स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने बताइएको छ। आयोजनाबाट वार्षिक ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ । आयोजनाबाट उत्पादित बिद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here