बच्चालाई आमा बाहेक अन्य महिलाको स्तनपान गराउनु कतिको सुरक्षित ?

हरेक शिशुको लागि सुरुवातको समयमा आमाको दुध सम्पुर्ण आहारको रुपमा रहन्छ । तर, केही महिलाहरुमा बच्चा जन्मीएको एक वा दुई दिनसम्म पनि दुध नआउने समस्या हुने गर्छ ।

यस्तो अवस्थामा प्रश्न आउने गर्दछ कि के अन्य कोही महिलाको दुध बच्चालाई खुवाउन मिल्छ ? यस्तो अवस्थामा अन्य महिलाहरुको दुध खुवाउने प्रचलन नेपालमा पनि छ ।
तर, यस्तो अवस्थामा विभिन्न कुरामा विशेष ध्यान दिनुपर्दछ ।

बच्चालाई अन्य महिलाको दुध खुवाउनु कतिको सुरक्षित ?

विशेषज्ञहरुको भनाई मान्ने हो भने बच्चालाई अन्य महिलाको दुध खुवाउनु खतरनाक मानिदैन । तर, यसको मतलब यो होइन् कि यो विधि सत प्रतिशत सुरक्षित छ ।

यो प्रक्रिया कति सुरक्षित छ भन्ने कुरा स्तनपान गराउने महिलाको स्वास्थ्यमा भर पर्छ । धेरै मात्रामा काममा व्यस्त हुने महिलाहरु एक अर्काका बच्चाहरुलाई स्तनपान गराउने गर्दछन् ।

धेरैजसो समयमा यो प्रक्रिया सुरक्षित मानिन्छ । तर, सकेसम्म आफ्नो बच्चालाई अन्य महिलाबाट स्तनपान नगराउँदा नै सुरक्षित मानिन्छ ।

यदि स्तनपान गराउनै परेमा के कुरामा ध्यान दिने ?

यदि स्तनपान गराउने महिला कुनै गम्भीर प्रकृतिको रोगको शिकार भएकी छिन् भने यस्तो अवस्थामा स्तनपान गराउनु हुँदैन । जस्तै एचआईभी एड्स, क्यान्सर तथा अन्य कुनै प्रकारका रोगको शिकार भएको महिलाको स्तनपान गर्नु हुँदैन् ।

यसका साथै स्तनपान गराउने महिला कुनै नशाजन्य सामग्रीहरुको सेवन गर्छिन् भने यस्तो अवस्थामा पनि स्तनपान गराउनु हुदैन् ।

स्तनपान गराउने महिला स्वास्थ्य सम्बन्धी समस्याको लागि नियमित रुपमा स्वास्थ्य सम्बन्धी औषधि सेवन गर्छिन् भने यस्तो अवस्थामा पनि स्तनपान गराउनु हुदैन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here