मधेश सरकारबाट बाहिरियो माओवादी

काठमाडौं । मधेस सरकार विस्तार हुन लागेकै बेला नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले सरकार छाड्ने निर्णय लिएको हो।

मुख्यमन्त्री यादवले मंगलबार मात्रै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए।

अहिले माओवादीकी सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् । माओवादीले थप एक मन्त्रालय मागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here