पाँच महिनापछि प्रचण्ड सरकारले पायाे पूर्णता, जसपाबाट वनमन्त्री बने वीरेन्द्र महतो

काठमाडौं । माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ । जसपाबाट मंगलबार दुई जनामन्त्री बनेका छन् । वीरेन्द्र महतो वनमन्त्री बनेका छन् भने प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा महतो र प्रमिलालाई मन्त्री नियुक्त गरी कार्यभारसमेत तोकेका छन् । उनीहरूको शपथ आजै हुने भएको छ ।

जसपाबाट महताे सरकारमा सहभागी भएसँगै प्रचण्ड मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले पाँच महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here