विश्वकप छनोट: नेपाल वेष्टइण्डिज र जिम्बावेसँगै समूह ‘ए’ मा

काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप छनोटको समूह ‘ए’ मा परेको छ।

आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

प्रतियोगिताको पहिलो खेलमा वेस्टइण्डिज र अमेरिका जुन १८ मा भिड्नेछन्। नेपालले भने जुन २४ मा नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स खेलाइनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एकआपसमा प्रतिस्पर्धा गर्नेछन्। सोही प्रतिस्पर्धाबाटै शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here