उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम दुई अर्ब नाघ्यो

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७१ कम्पनीको २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ बराबरको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच भएका छन् ।

सोमवारको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा १३ उपसूचक बढेर हरियाली छाएको छ।

आज खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार सनराइज फरस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम झन्डै ९ करोड र एनआइसी एशिया बैंकको ७ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here