काठमाडौंमा एक साता ‘सम्पदा यात्रा’ निःशुल्क, यस्तो छ रुट

काठमाडौं । काठमाडौंमा मंगलबारदेखि सम्पदा यात्रा बस सञ्चालनमा आएको छ ।

काठमाडौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरेको बस सेवाको ललितपुरको पुल्चोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे ।

साझा यातायातको दुई ‘हप अन हप अफ बस’ बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्नेछ ।

यस्तै फर्किदा तारागाँउ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात, पुल्चोक आउने पर्यटन बोर्डले जानकारी दिएको छ ।

सेवा काठमाडौं र ललितपुरभित्र मात्रै सञ्चालन हुनेछ। भक्तपुर जिल्लाभित्र रुट तोकिएको छैन।

परिक्षणका रूपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि निःशुल्क गरिएको जनाइएको छ । सम्पदा घुम्ती सेवाअन्तर्गत पहिलो चरणमा साझा यातायातका दुई वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।

नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here