पठाएको १५ मिनेटसम्म ह्वाट्सएपमा म्यासेज सम्पादन गर्न मिल्ने

काठमाडौं । अब तपाँईले हतारमा वा झुक्किएर गलत म्यासेज ह्वाट्सएप गर्नुभए पनि सम्पादन गर्न सक्नुहुन्छ । यसले प्रयोगकर्ताहरूलाई सन्देशहरू सम्पादन गर्न अनुमति दिने भएको हो ।

जुन टेलिग्राम र डिस्कर्ड जस्ता प्रतिस्पर्धीहरुलाई टक्कर दिन ल्याएको सुबिधा भन्ने चर्चा छ । ह्वाट्सएपले सन्देश पठाएपछि १५ मिनेटसम्म सम्पादन गर्न सकिने बताइएको छ।

इन्स्ट्यान्ट९मेसेजिङ सेवा फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको अमेरिकी प्रविधि कम्पनी मेटाको हिस्सा हो।

यो सुविधा आगामी हप्ताबाट प्रयोगकर्ताहरुलाई उपलब्ध गराइने छ । व्हाट्सएपका २ अर्ब प्रयोगकर्ता छन् । भारत ह्वाट्एपको सबैभन्दा ठूलो बजार हा्े तथ्यांक अनुसार भारतका ४८७ मिलियन जनताको मोबाइलमा ह्वाट्सएप छ ।

‘साधारण गलत स्पेली सच्याउनदेखि सन्देशमा थप सन्दर्भ थप्नसम्म, हामी तपाइँको च्याटहरूमा थप नियन्त्रण ल्याउन उत्साहित छौं,’ सन्देश सेवाले सोमबार एक ब्लग पोस्टमा भन्यो।

‘तपाईले पठाएको सन्देशमा लामो समयसम्म थिच्नु पर्छ र पन्ध्र मिनेट सम्मको लागि मेनुबाट सम्पादन छनौट गर्नु पर्छ, यसले थपे।

सम्पादन गरिएका सन्देशहरूलाई ‘सम्पादन गरिएको’ भनेर प्राप्त गर्नेकोमा पुग्छ । त्यसैले प्राप्तकर्ताहरू सामग्री परिवर्तन गरिएको छ भनी सचेत हुनसक्छन् ।

यद्यपि, उनीहरूलाई समयको साथ सन्देश कसरी ट्वीक गरिएको छ भनेर देखाइने छैन। मेसेजिङ सेवा टेलिग्राम र सिग्नलले यो सुविधा उपलब्ध गराएपछि व्हाट्सएपको घोषणा आएको हो ।

करिब एक दशकअघि सामाजिक सञ्जाल फेसबुकले सम्पादन सुविधा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here