साढे १८ अर्ब वैदेशिक ऋण तथा अनुदान लिने सरकारको निर्णय

काठमाडौं । सरकारले झन्डै साढे १८ अर्ब रूपैयाँ वैदेशिक सहायत स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक र विश्वव्यापी साझेदारीबाट प्रदान हुने अनुदान तथा सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

बैठकले शिक्षा क्षेत्रका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर (१५ अर्ब ८४ करोड रुपैयाँ) सहुलियतपूर्ण कर्जा लिने निर्णय गरेको हो । सो रकम विद्यालय क्षेत्र रुपान्तरणका लागि खर्च गरिने छ ।

त्यस्तै, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर ( करिब २ अर्ब ६० करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, सरकारले यही वर्षदेखि लागू हुने गरी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here