गुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

काठमाडौं । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले पराजित गर्दै महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले फाइनलमा स्थान बनाएको हो।

१७३ रनको लक्ष्य पछ्याएको गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका शुभमन गिल र रसिद खानले आक्रामक इनिङ खेले पनि जितको लागि पर्याप्त भएन।

चेन्नईका ओपनर ऋतुराज गायक्वडले डेभोन कोनवेले उत्कृष्ट सुरुवात दिलाएका थिए। मध्यक्रमका ब्याट्सम्यान सस्तैमा समेटिँदा चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।

आईपीएलका १४ सिजनमा सहभागी चेन्नई फाइनलमा प्रवेश गरेको यो दशौं पटक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here