बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरा र छिमेकी जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here