साँवा, ब्याज र हर्जानासहित ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई ३५ दिने ‘अल्टिमेटम’

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साँवा, ब्याज र हर्जानासहित ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई ३५ दिनको समय दिएको छ ।

बुधवार एक सर्वाजनिक सूचना जारी गर्दै कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।

विवरण अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी रहेका छन् ।

त्यस्तै कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी छन् ।

कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here