तोलामा ६ सय रुपैयाँले बढ्यो सुन, कति छ कारोबार मूल्य ?

फाइलफोटो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा करोबार भएको थियो।

यता चाँदी भने दुई दिनदेखि सामान्य घटिरहेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँ रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here