काभा भलिबल: नेपाल भारतसँग पराजित

काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार टार्न सकेन।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।

जितसँगै भारत समूह ‘ए’को विजेता बनेको छ। सुरुआती दुई खेलमा जित निकालेका भारत र नेपाल सेमिफाइनलमा पुगिसकेका छन्। नेपालले समूह ‘बी’को विजेता कजाकस्तानसँग खेल्ने छ।

त्यस्तै भारतले समूह ‘बी’को उपविजेता उज्वेकिस्तानको सामना गर्नेछ।

नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटक भारतविरुद्ध दुई सेट जितेको थियो। यद्यपि, सम्हालिन नसक्दा ऐतिहासिक जित निकाल्न असफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here